नियम ४४
व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अन्य व्यवस्था
: (१) ऐन र यस नियमावलीमा अन्यत्र लेखिएको अतिरिक्त रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा कार्यस्थलमा देहाय बमोजिमको व्यवस्था मिलाउनु पर्नेछ :-
(क)   फोहोर मैलाबाट हुन सक्ने दुर्गन्ध वा रोगबाट श्रमिक वा अन्य व्यक्तिलार्इ बचाउन उचित सरसफार्इको व्यवस्था मिलाउने,
(ख)    कार्यकक्षमा पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्ध मिलाउने,
(ग)    कामको सिलसिलामा निस्कने टुक्रा वस्तुहरू तथा फोहोरमैलाको उचित व्यवस्थापन गर्ने,
(घ)    कार्यस्थलमा उत्पन्न हुने ध्वनीबाट श्रमिक वा अन्य व्यक्तिको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलार्इ न्यून गर्न आवश्यक ध्वनि नियन्त्रक उपकरणको व्यवस्था गर्ने,
(ङ)    कार्यस्थलमा कामको प्रकृति अनुसार प्रत्येक श्रमिकको लागि सम्भव भएसम्म पन्ध्र घनमीटरको ठाउँ उपलब्ध गराउने,
(च)    श्रमिकलार्इ कार्यस्थलमा स्वस्थ पिउने पानीको व्यवस्था गर्ने,
(छ)  श्रमिकको लागि स्नानगृह तथा आधुनिक शौचालयको व्यवस्था गर्ने ,
(ज)    कामको प्रकृति अनुसार प्रतिष्ठानको सम्पूर्ण वा केही भागलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गर्ने,
(झ)    स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका कार्य सञ्चालन हुने प्रतिष्ठानको हकमा कम्तीमा वर्षको एकपटक श्रमिकको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउने,
(ञ)  कामको प्रकृति अनुसार श्रमिकलार्इ खाजा तथा खाना खाने उपयुक्त समय निर्धारण गर्ने।
(२) रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा मन्त्रालय, विभाग वा कार्यालयले समय समयमा दिएको निर्देशन पालना गर्नु पर्नेछ।